दफा ५२
भूमिगत पानीको उपयोग सम्बन्धमा;
(१) भूमिगत पानीको उपयोग सम्बन्धमा नेपाल सरकारले आवश्यक मापदण्ड बनाई लागू गर्नेछ।

(२) उपदफा (१) बमोजिमको मापदण्डको अधीनमा रही प्रदेश सरकार तथा स्थानीय तहले आ-आफ्नो क्षेत्रका लागि आवश्यक मापदण्ड बनाउन सक्नेछन्‌।

(३) उपदफा (१). बमोजिमको मापदण्डको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।